२०८१ बैशाख ११ गते मङ्गलवार

दाङमा टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु


दाङ,३ चैत । दाङमा टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । घोराही-लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१७ सिस्ने खोला नजिकै घोराहीबाट लमहीतर्फ जाँदै गरेको नम्बर नखुलेको टिप्परले ठक्कर दिदा घोराही उपमहानगरपालिका-१७ भैसाही निवासी ४५ वर्षीय कालीप्रसाद चौधरीको मृत्यु भएको हो ।

साइकलमा रहेका चौधरीलाई गएराती सवा ८ बजेतिर नम्बर नखुलेको टिप्परले ठक्कर दिएको थियोे । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको घोराहीस्थीत राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

ठक्कर दिने टिप्परको नम्बर नखुलेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस