२०८१ माघ १ गते मङ्गलवार

भ्रमणमा जान उपमेयरको रुवाबासी !

दाङ, ३० फागुन । गत फागुन २ गते तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा महिला जनप्रतिनिधि र कर्मचारीसहितको जम्बो टोलि काठमाण्डौ भ्रमणमा गयो ।

भ्रमणमा जानका लागि अघिल्लो दिनसम्म उपमहानगरबाट पेश्की रकम प्राप्त हुन सकेको थिएन । कारण थियो मेयरले विधि र पद्दतिबाट आउनुस् अनि जानुहोला भनेर उपमेयरलाई रोक्नुभएको थियो ।

उपमहानगर उच्च स्रोतका अनुसार उपमेयरले त्यो मान्नुभएन । काठमाण्डौ हिड्नु अघिल्लो दिन १४ औ नगरसभाको बैठक थियो ।

नगरसभा संचालन हुनुभन्दा केही समय अघि मेयरसापकोे कार्यकक्षमा भ्रमण दलमा सहभागिहरुको टिप्पणी सदरका विषयमा छलफल चलेको थियो । ‘मेयरसापले टिप्पणी सदर गर्न सक्दैन भन्नुभयो ।

सोही विषयमा मेयर र उपमेयरका बिचमा भनाभन समेत भएको थियो । के गरेको यस्तो ? सिस्टमबाट आउनुपर्देन ? भन्दै मेयर रिसाएपछि उपमेयर मलिन अनुहार लगाउनुभयो ।’ स्रोतले भन्यो ।

स्रोतका अनुसार प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीले उपमेयर चौधरीलाई सम्झाउन थाल्नुभयो । ‘मेयरसापले टिप्पणी सदर गर्नुभएन, केहि छैन अहिलेलाई तपाइहरु जानुस्, पछि मिलाउला भन्दै ढाड्स दिनुभएको थियो ।’ स्रोतले भन्यो-‘प्रमुख प्रशासकिय अधिकृतले सिधै तपाईहरु निणर्य गरेर आउनुस भन्नुपर्ने हो तर त्यसो नगरी प्रक्रिया अघि बढाएको पाईयो त्यसो गर्नु राम्रो थिएन ।’

त्यस लगतै मेयर टिप्पणी सदर नगरी नगरसभामा जाँउ भनेर सभाहल तिर हिड्नुभएको थियो । उपमेयर झनै निराश भएर रुन थाल्नुभयो ।

उपमेयर संगै रहेका प्रमुख प्रशासकिय अधिकृत केसीले पानी ल्याएर उहाँलाई मुख धुन सघाउनुभएको थियो । मेयर नगरसभामा प्रवेश गरेपनि उपमेयर र प्रमुख प्रशासकीय अधिकृत केही समय ढिला पुग्नुभएको थियो ।

उहाँहरु नपुग्दै नगरसभाको बैठक शुरु भईसकेको थियो । राष्ट्रिय गितमा सहभागि भए लगत्तै माघ २६ गते नगरसभामा प्रस्तुत हुन नसकेको सामाजिक विकास समितिको प्रतिवेदन प्रस्तुतीका लागि संयोजक मानबहादुर रावतलाई मेयर टिकाराम खड्काले अनुरोध गर्नुभयो ।

रावतले प्रस्तुत गरेकोे प्रतिवेदन प्रस्तुतीको अन्त्यतिर उपमेयर स्यानी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीसहित तीन जना वडा अध्यक्षहरु हलमा प्रवेश गर्नुभएको थियो ।

त्यतिबेला नगरसभा सञ्चालन भएको करिब २५ मिनेट भैसकेको थियो । आर्थिक मितव्ययीता अपनाउने हरप्रयास गर्ने प्रशासकको छवि बनाएका प्रमुख प्रशासकिय अधिकृत केसी यो मामलामा चुक्नुभएको छ ।

जनप्रतिनिधिसहित केहि कर्मचारी भ्रमणमा गएका थिए । नागरिकका काम गर्ने जनप्रतिनिधिलाई लगाम लगाएरै भएपनि कर्मचारीलाई भने खुशी बनाउने उहाँको स्वभाव यसपालिको भ्रमणबाट स्पष्ट भएको छ ।

मेयरको सहमति नहनु, प्रक्रियागत रुपमा अन्तरपालिका जाने निणर्य नहुनु, विनियोजित बजेटको शिर्षक अनुसार भ्रमणमा सबै क्षेत्रको सहभागिता नदेखिनुु लगाएतका विषयमा राम्ररी जान्दा जान्दै पनि भ्रमण सहजिकरणमा देखाएको उदारताले आर्थिक मितव्ययीता होईन प्रक्रिया नमिलेपनि मिलाउला, खर्च गरिहालौ भन्ने भाष्यलाई थप पुष्टि गर्दछ ।

यस विषयमा रेडियो हाम्रो पहुँचले उपमहानगरसंग फागुन ११ गते नै सुचना माग गरेको थियो । तर त्यो बेलामा प्रमुख प्रशासकिय अधिकृत केसी र सुचना अधिकृत बावुराम न्यौपाने बिदामा हुनुहुन्थ्यो ।

सुचना माग्दा निमित्त प्रमुख प्रशासकिय अधिकृत ललित घर्ती रहनुभएको थियो । लिखित सुचना मागको जवाफ दिनुको साटो उपमेयरले फागुन १७ गते पत्रकार सम्मेलनको आयोजना गरेर काठ्माण्डौको भ्रमण उपलब्धिपूणर् भएको दावी गरेर चोख्खिने प्रयास गर्नुभयो ।

भ्रमणमा उपप्रमुखसहित ३२ जना जनप्रतिनिधिको नगर प्रमुख टिकाराम खड्का र ७ जना कर्मचारीको प्रमुख प्रशासकिय अधिकृत केसीले भ्रमण आदेश स्विकृत गरेको उल्लेख छ ।

स्विकृत भएको भ्रमण आदेशको जानकारी लिन खोज्दा भ्रमण टोलिका संयोजक तथा विपद् व्यवस्थापन शाखामा कार्यरत अधिकृत रेवा रावतले सोही शाखाका एक कर्मचारीलाई प्रशासनबाट रजिष्ट्रर मगाउनुभएको थियो तर प्रशासनले सो रजिष्ट्रर दिन मिल्दैन भनेपछि कर्मचारी फर्किएका थिए ।

भ्रमण आदेशसहित माग गरिएको सूचना उपमहानगरले लुकाएको छ । तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकृत बाबुराम न्यौपानेले त्यस समयमा बिदामा भएकाले यो विषयमा आफुलाई केही जानकारी नभएको बताउनुभएको छ ।

भ्रमण जानु अघिबाटै विधि र प्रक्रियामा असन्तुष्ट रहेका नगर प्रमुख टिकाराम खड्कालाई भ्रमणको उपलब्धि सार्वजनिक कार्यक्रममा पनि बोलाईएको थियो । कार्यकक्षमै रहेका प्रमुख खड्कालाई जाँगर नचलेर होला सभा हलमा समेत उक्लिनुभएन । मेयर र उपमेयर एउटै पाटीबाट निर्वाचित हुनुहुन्छ तर दुवैजनबिच निर्वाचित भएदेखि नै खटपट छ ।

गत फागुन २ गते तुलसीपुर उपमहानगरपालिका महिला जनप्रतिनिधि र कर्मचारी गरी ३९ जनाको समुह सात दिनका लागि भ्रमणमा काठ्माण्डौ गएको थियो ।

नगरबाट ६ लाख ६४ हजार १ सय ८० रुपैया पेस्की रकम लिएर भ्रमणमा गएको बारे आलोचना भएपछि पत्रकार सम्मेलन गरी भ्रमण उपलब्धिपूणर् भएको समेत दावि गरिएको छ ।

महिला पुरुषबिच समानता कायम भएन भनेर वकालत गर्ने महिला जनप्रतिनिधि नै रिपोर्टिङमा पुगेका पत्रकारलाई भनिरहेका थिए । पुरुषहरु भ्रमण गएको भए यसको दोब्बर रकम खर्च हुन्थ्यो हामी जाँदा कम खर्च भयो । राम्रै भएको छ । नराम्रो सन्देश जाने समाचार नजावस् भन्दै निर्देशनसम्म दिन भ्याए ।

अझ अर्का कुरा भ्रमण टोलिमा उपप्रमुखले नेतृत्व गरेको दिदीघर संस्थाका कर्मचारीसमेत सहभागी भएका थिए । तर यसविषयमा रेडियोले खोजि गरेपछि उनीहरु आफ्नै खर्चमा गएको भनेर कागज मिलाइएको छ ।

भ्रमणको नेतृत्व उपमप्रमुखले गर्नुभएको थियो भने व्यवस्थापकीय संयोजनको काम भने तुलसीपुर उपमहानगरपालिका विपद व्यवस्थापन शाखाका रेवा रावतले गर्नुभएको थियो ।

रावत आर्थिक मामिलामा नियम विपरित जान नहुने खरो स्वभावको अधिकृत कर्मचारी भएको उहाँ निकटस्थहरु बताउछन् ।

चालुवर्षको नगरस्तरिय योजनामा राजश्व बाँडफाड अन्तरगत अन्तरपालिका शिर्षकमा विनियोजित १४ लाख बजेट रहेको छ । सोहि शिर्षकबाट ६ लाख ६४ हजार १८० रुपैया पेश्की लिएर भ्रमण गएको प्रमुख रावतले बताउनुभयो । जसमा ५ लाख ३६ हजार ६२० रुपैया खर्च भएको छ भने बाँकी रहेको रकम नेपाल ईन्भेष्टमेन्ट बैङ्क तुलसीपुर शाखामा फागुन १८ र २० गते दुई दिनमा दाखिला भएको छ ।

अन्तरपालिका भ्रमण भनेर दावि गरेपनि त्यसो नभएको एक वडा अध्यक्षले टिप्पणी गरेका छन् । ‘अन्तरपालिका भ्रमण जानका लागि निणर्य हुनुपर्देन ? सभाबाट पास नगरी उपमेयरले नेतृत्व गरेर काठमाण्डौँ डुलाउन लैजानु राम्रो भएन । यो बजेट शिर्षक नै गलत हो ।’ नाम नबताउने शर्तमा वडा अध्यक्षले भन्नुभयो-‘ अन्तरपालिका भ्रमणको उद्देश्य नगरका सबै जनप्रतिनिधिहरुको सामुहिक निणर्य भएर प्रतिनिधिमूलक रुपमा सहभागिता जनाउनुुपर्ने थियो होला नी तर मेयरले प्रक्रियाबाट आउनुस् भन्दा समेत उपमेयरले नमान्नु यो त फिटिक्कै राम्रो विषय भएन ।’

वडाहरुमा चालुवर्षमा सोजेजस्तो बजेट पठाउन नसक्दा विकास निर्माणका काम थला परेका छन् । बजेट अभावमा नागरिकका आशा निराशामा परिणत भएका छन् । उपमहानगरलाई ऋणमुक्त पालिका बनाएको सूचना नागरिकमाझ पुर्‍याउन भ्याईनभ्याइ छ भने अर्कोतर्फ निणर्य बिनाकै मनमौजी फजुल खर्च पनि उपमहानगरले गरिरहेकै पुष्टी भएको अर्थका जानकार बताउँछन् ।

यस विषयमा नगरप्रमुख टिकाराम खड्कासंग बुझ्न खोज्दा उपमेयरसंगको विषय हो भन्दै बोल्न चाहनुभएन । ‘उपमेयरसंगको विषय म केहि बोलिन् ।’ उहाँले भन्नुभयो-‘उहाँसंगै बुझ्नुस्, मलाई फूर्सद छैन् ।’ रेडियो हाम्रो पहुँचले अनलाइन संस्करणमा समाचार प्रकाशित गरेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस