सल्यान, २७ फागुन । सल्यानको कपुरकोटमा पाँच शैय्याको आधारभूत अस्पताल संचालनमा आएको छ । कपुरकोट गाउँपालिकाले आफ्नै लगानीमा आधारभूत अस्पताल संचालनमा ल्याएको हो ।
अस्पताल संचालनमा आएसंगै सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । यसअघि कपुरकोटमा आधारभूत अस्पताल नहुँदा उपचारका लागि दाङ वा अन्यत्र ठाउँमा जानुपर्ने बाध्यता थियो ।
अस्पतालमा बिरामी भर्ना गरेर सघन उपचार सेवा शुरु गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो । कपुरकोट गाउँपालिका वडा नम्बर ३ को एक बालिकालाई अस्पतालमा भर्ना गरी सघन उपचार सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।
डा.निरज पाण्डेको नेतृत्वमा जनस्वास्थ्य निरीक्षक भुवन डाँगी, ल्याव टेक्निसियन सनम डाँगी, अनमि कामना रेग्मी र सिअहेवएवम स्वास्थ्य शाखा प्रमुख सुवास हमाल समेतको स्वास्थ्यकर्मीहरुको टिम उपचारमा खटिएका उहाँले बताउनुभयो ।
अस्पताल सञ्चालन भएपछि गाउँपालिका क्षेत्रका ४ हजार परिवारलाई राहत मिलेको छ । आधारभूत अस्पतालमा भिडियो एक्स-रे, ल्याब र ईसीजीसहित चिकत्सकीय सेवा समेत उपलब्ध गराउने गरी व्यवस्थापन गरिएको छ ।
अस्पतालमा अहिले नै दैनिक ५० जनाभन्दा बढी बिरामीहरुले उपचार सेवा लिइरहेका छन् । अस्पतालमा एक डाक्टरसहितको स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरिएको छ ।