२०८१ फाल्गुन १ गते बिहिवार

भक्तजनले गरेको फोहोर विद्यार्थीले उठाए

तुलसीपुर, २६ फागुन । दाङको प्रमुख धार्मिक पर्यटकियस्थल धारापानीमा विद्यार्थीले सरसफाई गरेका छन् । शनिबार शिवरात्रीको दिनमा भक्तजनले गरेको फोहोर दाङ भ्याली मावि तुलसीपुरका विद्यार्थीले उठाएका हुन् ।

घोराही-५ मा पर्ने धारापानीमा शिवरात्रीको दिन शुक्रबार दर्शनार्थीको भिड रहेको थियो । मन्दिर परिसर र बनभोज स्थलमा भएको फोहोर शनिबार दाङ भ्याली माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले सरसफाई गरेका हुन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीले धारापानी परिसरमा सरसफाई गरेको विद्यालयका प्रधानाध्यापक शिला अर्यालले बताउनुभयो । विद्यालयले विभिन्न समयमा सामाजिक कार्य अन्तगर्त सरसफाई लगायतका कामहरु गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस