२०८१ बैशाख ५ गते बुधवार

दाङमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा सवार दुई जना घाइते

दाङ, २५ फागुन । दाङमा जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाईते भएका छन् ।

घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर-१७ मज्गैँमा भएको दुर्घटनामा परी मोटरसाईकल चालक घोराही-११ का २८ वर्षका सुमन भण्डारी र मोटरसाइकलमा पछाडि सवार सोहि ठाउँकै ३९ वर्षिय नविन आचार्य घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते दुवै जनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

घोराहीबाट तुलसीपरतर्फ आँउदै लु २ च १२७९ नम्बरको पिकअप जिपले बिपरित दिशाबाट जाँदै गरेको रा ५ प ४६७३ नम्बर मोटरसाइकललाई गएराती सवा ९ बजेतिर ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस