धादिङ, २३ फागुन ।
कपिलवस्तुबाट काठ्माण्डौ जाँदै गरेको बस त्रिशूली नदिमा खसेको छ । धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सन्तु जैसवालले जानकारी दिनुभयो ।
सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान पौने पाँच बजेतिर सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।
बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको डीएसपी जैसवालले बताउनुभयो ।
उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ ।
उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ ।
प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।