
मोरङ, १८ फागुन । मोरङको बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका-३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्नेक्रममा ट्रिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई प्रदेश ०२-००१ ख ९६७६ नम्बरका ट्रिपरले ठक्कर दिएको हो ।
प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार