२०८१ असोज १८ गते शुक्रवार

ज्ञानज्योतिका काननु पढ्ने विद्यार्थीबाट संसद संचालनको अभ्यास

तुलसीपुर, १५ फागुन । ज्ञान ज्योती मावि तुलसीपुरमा कक्षा ११ र १२ मा कानुन पढ्ने विद्यार्थीले नमुना संसद संचालनको अभ्यास गर्दैछन् । नमुना संसद अभ्यासको मंगलबार उद्धघाट्न गरिएको छ ।

ज्ञान ज्योती मावि तुलसीपुरको आयोजना, नवजागृत समाज युवा नेपालको समन्वय र नयाँ युवा, नयाँ सोच नेपालको प्राविधिक सहयोगमा कार्यक्रम संचालन गर्न लागिएको हो ।

ज्ञानज्योती फाउन्डेशनका सिईओ सुरेन्द्र जिसिको अध्यक्षता तथा संविधान सभा सदस्य बुद्धिराम भण्डारीको प्रमुख आतिथ्यतामा नमुना संसदको उद्घाटन गरिएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि भण्डारीले देशको मूल कानुन संविधानका विषयमा हरेक नागरिक जानकार हुनुपर्ने बताउनुभयो । उहाँले संसदिय अभ्यासमा सांसदको कानुन निर्माणमा महत्वपूणर् भुमिका रहने हुँदा अध्ययनशिल हुनुपर्ने बताउनुभयो ।

नयाँ युवा,नयाँ सोच नेपालका संयोजक विनोद खत्रीले नेपालको संघिय संसदमा कानुन निर्माण प्रक्रियाका बारेमा प्रकाश पार्नुभएको थियो । संसदमा प्रतिनिधित्व गर्न चुनेर पठाएका प्रतिनिधिहरुले के काम गर्छन भन्ने मूख्य कुरा आम नागरिकलाई जानकारी हुनुपर्ने उहाँले बताउनुभयो ।

ज्ञान ज्योती फाउन्डेशनका सिईओ सुरेन्द्र जिसिले पछिल्लो समय रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने दर तिव्र रुपमा बढ्नु दुखद रहेको बताउनुभयो । नेपालमै बसेर कडा मेहनत र परिश्रम गरे रोजगारीका प्रशस्त सम्भावना रहेको बताउनुभएको थियो ।

नेपाली संसदिय पद्दतीको ज्ञान प्रदान गर्ने,कानुन निर्माणको प्रक्रिया तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित मंगलवारदेखि शुरु भएको नमुना संसद भोलिसम्म गरी दुई दिन संञ्चालन हुने ज्ञानज्योती मावि कानुन संकाय संयोजक सोमराज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बुधवार बिहान ७ बजे नमुना संसदको बैठक आव्हान गरिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस