तुलसीपुर,११ फागुन । गुरुकुल एकेडेमी तुलसीपुरले परिक्षामा ४ जिपिए ल्याउने १० प्रतिशत बालबालिकालाई निशुल्क पढाउने भएको छ । एकेडेमिले विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत परिक्षामा ४ जिपिए ल्याउने १० प्रतिशतलाई निशुल्क पढाउने भएको हो ।
आगामी शैक्षिकसत्र २०८१ बाट तुलसीपुरमा सञ्चालन हुन लागेको गुरूकुल एकेडेमीले विभिन्न समस्याले विद्यालयमा भर्ना हुन नसकेका जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर नि ः शुल्क पढाउन विशेष योजना ल्याएको प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभयो ।
विद्यालयले सार्वजनिक गरेको छात्रवृत्ति योजना अनुसार गुरूकुल एकेडेमी तुलसीपुरको फेशबुक पेजमा छात्रवृति कार्यक्रममा सहभागिताका लागि आवेदन फाराम राखिएको छ ।
सोही फाराम भरेर कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले आवेदन दिन सक्ने प्रधानध्यापक गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्राप्त आवेदनमध्यबाट ४ जिपिए ल्याउने १० प्रतिशत विद्यार्थीलाई यातायात र खानाबाहेक अध्ययन गर्न अन्य कुनै पनि शुल्क लाग्ने छैन् ।
विद्यालयले किताबी ज्ञानले मात्र विद्यार्थीले पूणर्ता नपाउने भन्दै व्यवहारीक ज्ञानमा जोड दिदै आएको छ ।
माटो सुहाउदो ज्ञान प्रदान गर्ने उदेश्यले तुलसीपुर-६ गोलौराबाट शैक्षिकसत्र २०८१ बाट अध्यापन सुरू हुन लागेको विद्यालय पुणर् प्रबिधिमैत्री कक्षा निर्माण, स्विमिङ पुल,फुटसल लगाएतको सुबिधासहित तीन विगाह क्षेत्रफलमा फैलिएको छ ।
हरेक कक्षामा २५ जना मात्र विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेकोमा बिहिबार र शुक्रवार अतिरिक्त कृयाकलापमा ईच्छा अनुसार विभिन्न क्लबमा सहभािगता जनाउन सकिने विद्यालयले जनाएको छ । -विज्ञापन समाचार