तुलसीपुर,९ फागुन । तुलसीपुरमा स्कुल भ्यानले स्कुटीलाई ठक्कर दिँदा एकजना घाईते भएका छन् ।
मंगलबार साँझ साढे ६ बजेतिर बबई क्याम्पसतर्फ जाँदै गरेको रा १ च ६४६ नम्बरको संस्कार पाठशालाको विद्यार्थी बोक्ने भ्यानले सोही दिशातर्फ जाँदै गरेको रा ७ प ६३३२ नम्बरको स्कुटीलाई तुलसीपुर-६ बरुवागाँउ गोर्खा बोडिङ नजिकै ठक्कर दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
भ्यानको ठक्करबाट स्कुटी चालक तुलसीपुर-६ निवासी २६ वर्षकी प्रमिला बस्नेत घाइते हुनुभएको छ । प्रहरी प्रवक्ता मल्लका अनुसार भ्यानको ठक्करबाट घाइते बस्नेतको घाइते बस्नेतको दुवै हाँत भाँचिएको छ ।
राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि अहिले राप्ती लाइफ केयर अस्पतालमा रिफर गरेर उपचार भैरहेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार