२०८१ चैत्र ६ गते बुधवार

दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जना गम्भिर घाईते


दाङ, ८ फागुन । दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी तुलसीपुर-१८ का ३० वर्षीय अर्जुन खड्का गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३७२८ नम्बरको मोटरसाइकल तुलसीपुर-१८ को डाँडागाउ नजिकै मंगलबार (आज) आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेको टाउको, बाँया खुट्टा र ढाडमा चोट लागेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस