२०८१ बैशाख ११ गते मङ्गलवार

ट्रक र मोटसाईकल ठोकीदा शिशिर बिष्टको मृत्यु


सल्यान, ५ फागुन । सल्यानमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सल्लीबजार-चौरजहारी सडकखण्ड अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ सुनौली बजारमा भएको दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ का १८ वर्षिय शिशिल बिष्टको मृत्यु भएको हो ।

दुर्घटनामा टाउको र शरिरमा चोट लागेका बिष्टको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो ।

नातेखोलाबाट आउँदै गरेको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का १८ वर्षिय दिपायल बुढाले चलाएको लु ८० प १४११ नम्बरको मोटसाइकल र विपरित दिशाबाट जाँदै गरेको ना ५ ख २२५३ नम्बरको टे्रलर ट्रक शुक्रबार साँझ साढे ५ बजेतिर एक आपसमा ठोकीएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार बिष्टको मृत्यु भएको हो । मोटरसाइकल चालकलाई भने सामान्य चोट रहेको छ । मोटरसाइकल चालक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस