
तुलसीपुर,५ फागुन ।
राप्ती राजमार्गको हरनेटी नजिकै आज बिहानै मिनिट्रक दुर्घटनामा परेको छ । इट्टा बोकेर सल्यानतर्फ जाँदै गरेको रा १ ख २४२४ नम्बरको मिनिट्रक तुलसीपुर-३ हरनेटी नजिकै शनिबार आज बिहान ५ बजेतिर दुर्घटनामा परेको हो ।
मिनिट्रक सडकबाट करिब १०० मिटर तल खसेको छ । चालक र सहचालक सकुसल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार