२०८१ माघ २ गते बुधवार

तीन सय बढीको आँखा जाँच : सात जनाले चश्मा लगाउनुपर्ने


तुलसीपुर- दाङको तुलसीपुर-९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इङ्लीस बोर्डिङ स्कुलमा आँखा जाँच कार्यक्रम भएको छ । विद्यालयको आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा आज शुक्रबार आँखा जाँच कार्यक्रम भएको विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले जानकारी दिनुभयो ।

विद्यालयको १७ औं वार्षिकोत्सव एवम् अभिभावक भेलाकोे अवसर पारेर कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । आँखा जाँच कार्यक्रममा तीन सय ३० जना विद्यार्थीहरुको आँखा जाँच गरिएको हो । जसमा ७ जनामा चस्मा लगाउनुपर्ने भएकाले अस्पतालले निःशुल्क चस्मा पनि वितरण गरेको छ । यस्तै तिन जनामा जटिल समस्या देखिएकाले आँखा जाँचको लागि अस्पतालमा जान सुझाव दिइएको छ ।

विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गदै विद्यालयले यस अघि पनि दन्त शिविर सञ्चालन गरेको थियो, भने सिटी अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा अभिभावकहरुको लागि स्वास्थ्य शिविर चलाएको विद्यालयका कार्यक्रम प्रमुख शरद शर्माले मजगैयाले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता तथा राप्ती आँखा अस्पताल रक्षाचौरका नेत्र सहायक प्रस्तोता बेलबासेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ॥

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस