२०८१ असार ३० गते आइतवार

कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाकै सनाखत

दाङ, ३ फागुन । कपिलवस्तुमा बस दुर्घटनामा परी निधन हुने १० जनाकै सनाखत भएको छ । मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् ।

मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् ।

यस्तै, भीमदत्त नगरपालिका-१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त-२ का सुदीप भट्ट र भीमदत्त-९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताउनुभयो ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२-००१ ख ००९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस