
गुरुकुल एकेडेमी तुलसीपुरले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेको छ । साविक भ्याली स्टार इङ्लिस बोर्डिङ स्कुललाई मर्ज गरेर गुरुकुल एकेडेमी तुलसीपुर बनाए पछिको सम्पूर्ण दर्ता प्रक्रिया पूरा भएको छ ।
गुरुकुल एकेडेमी तुलसीपुर प्रालि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं ५२४४६- ०६४- ०६५ मा दर्ता भएको छ, भने आन्तरिक राजश्व विभागमा पनि विधिवत् रुपमा दर्ता भई स्थाई लेखा नं. ९३०३३८३४३१० समेत प्राप्त भएको छ ।
यता तुलसीपुर उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा तथा उपमहानगरपालिकामा पनि गुरुकुल एकेडेमी तुलसीपुर प्रालिको अभिलेख राखी सो को पत्र समेत प्राप्त गरेको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए ।
तुलसीपुरमा विद्यालय सञ्चालनको निर्णय सँगै भौतिक संरचना निर्माणको काम र कानुनी प्रकृयाको थालनी सँगसँगै भएको थियो ।
गुरुकुल एकेडेमी तुलसीपुरले तुलसीपुर क्षेत्रमा शैक्षिक हव बनाउने र पूर्ण मानव बनाउने उद्देश्यले करिव १२ करोडको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न विद्यालय सञ्चालनमा ल्याउन लागेको हो ।
यस क्षेत्रमा विभिन्न ऐतिहासिक योजनाका साथ विद्यालय सञ्चालनमा आउँदा यहा का अभिभावक तथा विद्यार्थीहरूलाई निकै फाइदा पुग्ने स्थानीय बुद्धिजीवी तथा समाजसेवी विष्णु कुमार देवकोटाले बताए ।
उनले जुन शैक्षिक योजनाका साथ विद्यालय सञ्चालनमा आएको छ त्यो उद्देश्य पूरा गर्नेमा विश्वास समेत गरे । विद्यालयले यही फागुन २ गते वसन्तपञ्चमीको अवसर पारेर ब्राह्मण राखी विधिवत् रुपमा अक्षरारम्भ समेत गराउँदै छ, भने शैक्षिक सत्र २०८१ को लागि प्ले ग्रुपदेखि कक्षा ९ सम्म प्रि रजिष्ट्रेशन समेत खुला गरेको विद्यालयका प्रधानाध्यापक गिरीले जानकारी दिए ।
विद्यालयमा सम्पर्कको लागि शनिवार समेत कार्यालय खुला रहने भएको हुँदा सहजै कार्यालयमा सम्पर्क गर्न समेत विद्यालयले सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा अनुरोध गरेको छ । विद्यालयले पठनपाठनको लागि आवश्यकता अनुसार तालिम प्राप्त दक्ष तथा अनुभवी जनशक्ति पनि तयार गरिसकेको छ ।-विज्ञापन समाचार