२०८१ बैशाख ११ गते मङ्गलवार

दाङमा दुई मोटरसाईकल ठोकीदा एक जना घाईते

दाङ, २८ माघ । दाङमा दुई मोटरसाईकल एकआपसमा ठोकीदा एक जना घाईते भएका छन् । दुर्घटनामा परी तुलसीपुर-८ का ३० वर्षिय ऋषी कँडेल घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

कँडेलको टाउको र दुवै खुट्टामा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उहाँको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको तुलसीपुर-८ का २८ वर्षिय प्रकाश शर्माले चलाएको रा ४ प ७४७६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट जाँदै गरेको सुर्खेतको गुर्भाकोट-८ का ४५ वर्षिय टोपबहादुर विकले चलाएको बा प्र ००२०१७ प २६२७ नम्बरको मोटरसाईकल शनिबार साँझ ७ बजेतिर एक आपसमा ठोकीदा रा ४ प ७४७६ नम्बरको मोटरसाईकलमा पछाडी सवार कँडेल घाईते भएको प्रहरीले जनाएको छ । दुवै मोटरसाईकल चालकलाई सामान्य चोट लागेको छ ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस