तुलसीपुर,२७ माघ । तुलसीपुरमा ट्याक्टरले माेटरसाईकललाई ठक्कर दिदा चार जना घाइते भएका छन् ।
दाङ-सल्यान सडकखण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका-५ गोदाम घर स्थित तुलसीपुरबाट गोठिखोला तर्फ जाँदै गरेको रा ५ प ७१०९ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउदै गरेको रा १ त ४०२१ नम्बरको ट्याक्टरले शुक्रबार साँझ साढे सात बजेतिर ठक्कर दिदा मोटरसाईकल अनियन्त्रीत भइ दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी मोटरसाईकल चालक दाङकाे तुलसीपुर-७ बस्ने बर्ष १९ को अर्पन पुन, माेटरसाईकलमा पछाडि सवार तुलसीपुर-४ रक्षाचौर का १७ को मन्जील पुन घाइते भएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
यस्तै दुर्घटनामा पैदल यात्री तुलसीपुर-७ बस्ने बर्ष ३७ की कमला बस्नेत र रुकुम पश्चिम चौरजहारी नगरपालिका-१३ बस्ने बर्ष २९ को हुमलाल शर्मा पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते चारै जनाकाे राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहुेकाे छ ।