२०८१ मङ्सिर २३ गते आइतवार

लक्ष्यका विद्यार्थीहरुलाई विद्यार्थीहरुलाई जङ्क फुड र मोबाईल स्क्रिनबारे सचेतना


दाङ, २६ माघ । लक्ष्य एकाडेमीका विद्यार्थीहरुलाई सचेतना गरिएको छ । अप्टीमिष्ट क्लव अफ दाङले विद्यालयमा सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा क्लवले विद्यार्थीहरुलाई जङ्क फुड र मोबाईल स्क्रिन सम्बन्धी सचेतना कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रशिक्षक क्लवका जिल्ला अध्यक्ष डिआर भण्डारीले जङ्क फुड सेवन गर्दा र बढि मात्रामा मोबाईल चलाउदा मुख्यतया बालबालिकामा नकारात्मक असर पर्ने भएकाले सबै पक्ष यसतर्फ चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले यस्ता कृयाकलापले स्वास्थ्यका साथै मनोवैज्ञानिक रुपमा असर गर्ने बताउनुभयो ।

क्लबका जिल्ला अध्यक्ष भण्डारीको अध्यक्षता तथा बिद्यालयका प्रधानाध्यापक लोकेन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक खड्का, क्लबका डाईरेक्टर नारायण प्रसाद लामिछाने, सेफ सिद्धिकी, नवराज शर्मालगाएतकाले बोल्नुभएको हो ।

अप्टीमिष्ट क्लब अफ दाङका उपाध्यक्ष कोमल डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण क्लबका जिल्ला कोषाध्यक्ष तिलकराम कालाथोकीले गर्नुभएको क्लबका संचार संयोजक घनश्याम वलीले जानकारी दिनुभयो । कार्यक्रममा करिब १ सय ५० जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस