
दाङ, २६ माघ । दाङबाट काठ्माण्डौ जाँदै गरेको बस दुर्घटनामा परेको छ ।
घोराही-लमही सडक खण्ड अन्तर्गत अर्जुनखोला नजिकै रा १ ख ३१३२ नम्बरको बस गएराती करिब १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।
चलिरहेको बसको सापट भाँचिएर दुर्घटनामा परेको प्रवक्ता मल्लले बताउनुभयो ।
बस भित्तातिर ठोकिन गएकाले मानविय क्षति हुन नपाएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बसमा सवार ३९ जना यात्रु सकुसल रहेका छन् । दुर्घटना पश्चात अर्को गाडीमा यात्रुलाई पठाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार