२०८१ असोज ४ गते शुक्रवार

दाङमा तीन अर्ब लगानीमा बन्दै पाँच सय शय्याको सञ्जीवनी अस्पताल

दाङ, २५ माघ । मेडिकल व्यवसायी खुमा अर्यालले दाङमा पाँच सय शय्या क्षमताको अस्पताल सञ्चालनमा ल्याउने भएका छन् ।

अस्पतालका लागि दाङको घोराही उपमहानगरपालिकाको गोगली भन्ने स्थानमा अहिले भवन निर्माणको काम अगाडि बढीरहेको छ । अर्यालले करिब तीन अर्ब लगानीमा सञ्जीवनी अस्पताल निर्माणको काम अगाडि बढेको जानकारी दिनुभयो ।

’अस्पतालको भवन निर्माणको तहमा छ,’ उहाँले भन्नुभयो-‘स्वीकृतिको प्रक्रियामा छ । स्वीकृति पाएसँगै दशैंको कोजाग्रत पूणर्ीमाको दिनबाट अस्पतालको सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएका छौं ।’

अर्यालका अनुसार भविष्यमा मेडिकल कलेज सञ्चालनको लक्ष्य सहित अस्पताल पाँच सय शय्याको बनाइएको हो । उहाँले मेडिकल कलेजको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस भनेर प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढेको जानकारी दिँदै अर्यालले एक हजारभन्दा बढीले रोजगारी पाउने बताउनुभयो । भवन निर्माणको कामले तीव्रता लिइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आगामी असार मसान्तभन्दा पहिले नै जनशक्ति व्यवस्थापनको काम अगाडि बढ्नेछ ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस