२०८१ बैशाख ५ गते बुधवार

तुलसीपुरमा माेटरसाईकल दुर्घटनामा तीन जना घाईते


तुलसीपुर, २३ माघ । तुलसीपुरमा माेटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिदा तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेकाे छ ।

तुलसीपुरबाट पर्सेनीतर्फ जादै गरेको रा ६ प ८४८ नम्बरकाे माेटरसाईकलले तुलसीपुर-६ का ६० वर्षिय मंगल चाैधरीलाई तुलसीपुर-६ हात्तीखाैवामा मंगलबार आज राती ८ बजेतिर ठक्कर दिएकाे हाे ।

चाैधरीलाई ठक्कर दिएपछि माेटरसाईलमा सवार दुई जना पनि घाईते भएका छन् ।

पैदलयात्री चाैधरीसहित माेटरसाईकल चालक तुलसीपुर-६ का २६ वर्षिय सुनिल पन्थी र माेटरसाईकलमा पछाडि सवार तुलसीपुर-७ का २५ वर्षिय विशाल पुनमगर पनि घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

चाैधरीकाे टाउको र दुवै खुट्टामा चोट लागेकाे छ । चाैधरीकाे अवस्था गम्भीर रहेकाे छ । यस्तै विशाल पुन मगरकाे टाउकाे र पन्थीकाे दुवै हात र खुट्टामा चाेट लागेकाे छ ।

चाेधरी र पुनकाे राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएकाे छ भने माेटरसाईकल चालक पन्थीकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस