तुलसीपुर, १८ माघ ।
मनिष केसी कक्षा ८ मा पढ्छन् । तर उनले विद्यालयमा बिहिबार पढ्ने भन्दा व्यवहारिक जीवनमा आउने कुरा सिके ।
उनले विद्यालयमा मम, चाउमीन, गाजरको हलुवा लगायतका परिकार बनाएर व्यापार गरे ।
‘विद्यार्थीलाई पनि बिक्रि गरेँ ।’ उनले भने-‘अभिभावकले पनि हामीले बनाएको नास्ता किनेर खानुभयो ।’
बिहिबार दिउँसो चिसो-चिसो मौसममा विद्यार्थीहरु विभिन्न खानेकुराका परिकार स्कुलको प्राङगनमै तयार पारेर बिक्रि गरेका हुन् ।
तुलसीपुर-९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इङ्गलिस स्कुलले नजिकिएको १७ औँ वार्षिकोत्सवका अवसरमा बिहिबार आयोजना गरेको खाना प्रदर्शनी तथा अभिभावकका लागि निशुल्क स्वास्थ्य शिविरमा विद्यार्थीले विभिन्न परिकार बनाएर व्यापार गरेका छन् ।
विद्यालयमा अध्ययनरत अन्जली नेपालीले व्यापार गरेर ७ सय ५० रुपैँया आम्दानी गरेको बताईन् ।‘हामीले सेल, आलुचप लगायतका बनाएका थियौँ ।’ उनले भनिन्-‘बनाएका सबै बिक्रि गरेर साढे सात सय आम्दानी गरेका छौँ ।’
घरको भान्सामा खासै चासो नदिने बालबालिकाले बिहिबार दिउँसो भने विद्यालयमा पकाउन कस्सिए ।
उनीरुले पकाएको थरीथरीका परिकारहरु अभिभावकहरु हर्षका साथ किनेर खाए । कक्षा १० मा अध्ययनरत सौगात चौधरीले बिहिबार ढिक्रि बनाएर बिक्रि गरे ।
‘मैले ढिक्री बनाएँ ।’ उनले भने-‘अब घरमा पनि ढिक्री बनाउन सकिन्छ ।’ विद्यालयले पढ्दै कमाउदै कार्यक्रम अन्तरगत आयोजना गरेको खाना प्रदर्शनीमा परिकार बेचेर आम्दानी गर्दा खुशी लागेको उनले बताए् ।
‘सँधैजसोे चाहिएका बखत बा-आमा संग पैसा माग्ने गरको छुु ।’ उनले भने-‘अब घरमा गएर पैसा माग्ने मात्रै होईन व्यवसायीक योजना बनाएर बा-आमालाई सघाउँछु ।’
स्कुलका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले विद्यार्थीलाई पढ्दै कमाउदै कार्यक्रम अन्तरगत व्यवहारीक शिक्षा प्रदान गर्ने उद्देश्यले खाना प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको बताए ।
‘विद्यालयले यसअघि सामाजिक शिक्षा अध्ययन गर्न विद्यार्थीलाई खोलामै लगेर पढाएका थियौँैँ ।’ उनले भने-‘ विद्यार्थीलाई सिर्जनात्मक बनाउन हरेक महिना नविनतम काम गर्दे आएका थियौँँ ।’
उनले यसपटक व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले खाना महोत्सब सञ्चालन गरिएको बताए । कक्षा ६ देखि ९ सम्ममा अध्ययनरत बालबालिकाले व्यापार गरेको उनले बताए ।
विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले बालबालिकालाई व्यवहारिकरुपमै ज्ञान र सिप सिकाउने लक्ष्य अनुसार कार्यक्रमको आयोजना गरिएको बताए । ‘सैद्धान्तिक कुराहरुले मात्रै विद्यार्थी पुणर् हुँदैनन विद्यार्थी उनले भने-‘ व्यवहारिकरुपमा ज्ञान प्रदान गर्न विद्यार्थीलाई समुहमा विभाजन गरेर काम संगै दाम कमाउन सिकइएको छ ।’
विद्यालयमा बिहिबार अभिभावकको लागि स्वास्थ्य जाँच समेत गरिएको छ ।
तुलसीपुर सिटी हस्पिटलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर संचालन गरिएको प्रअ वलीले बताए । ‘स्वास्थ्य शिविरमा अभिभावकको स्वास्थ्य जाँच गरिएको छ ।’ उनले भने-‘शिविरमा रक्तचाप, मधुमेह जाँच गरिएको हो ।’