दाङ, १४ माघ । तुलसीपुर मेट्रो कलेजका विद्यार्थीले प्रकाशन गरेको ई-बुलेटिन सार्वजनिक गरिएको छ । मेट्रो कलेजमा कानुन संकाय बिएएलएलबिमा अध्ययनरत विद्यार्थीहरुले प्रकाशन गरेको मासिक म्यागजिन सार्वजनिक गरिएको हो ।
म्यागजिन सार्वजनिक गर्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमले कलेजमा कानुन संकायमा अध्ययनरत विद्यार्थीले प्रकाशन गरेको मासिक बुलेटिनले कलेजका विद्यार्थीको बौद्धिक क्षमतामा थप बृद्धि हुने बताउनुभयो ।
पत्रकारिता क्षेत्रमा डिजिटलाईजेसन बढिरहेकोले सोही अनुसार सबै अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरी, कोषाध्यक्ष शरद रेग्मी, अधिवक्ता विजय पोखरेल, ईन्सेक दाङका प्रतिनिधी जेएन सागर लगाएतले मासिक बुलेटिनको प्रगति तथा निरन्तरताको कामना गरेका हुन् ।
त्यस्तै अन्य वक्ताहरुले कुनैपनि पत्रिका प्रकाशन गर्नु मात्र नभएर त्यसलाई निरन्तरता दिनु चुनौति भएकाले त्यसलाई निरन्तरता दिन आवश्यक रहेको बताएका हुन् । उनीहरुले विद्यार्थीले प्रकाशनमा ल्याएको म्यागेजिनको निरन्तरताको कामना समेत गरेका हुन् ।
कलेजका विद्यार्थी दिपा बुढाथोकीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष जिएमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कलेजका प्रमुख बसन्त आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी पारस वलीले गर्नुभएको हो ।