२०८१ माघ १ गते मङ्गलवार

गायिका रचना रिमाल सवार गाडीलाई ट्रकले ठक्कर दियो


लमही, १४ माघ । लमही महोत्सवमा आउँदै गरेकी गायिका रचना रिमाल सवार गाडीलाई ट्रकले ठक्कर दिएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको सिक्टा नजिकै रिमाल सवार बा १६ च ८३४३ नम्बरको स्कारपियोलाई बा प्र.०३०१ ख २११८ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

गायिका रिमाल भने सकुसल रहेको पत्रकार शिवु खनालले जानकारी दिनुभएको छ । उहाँलाई घुँडामा सामान्य चोट लागेको पत्रकार खनालले बताउनुभयो । उहाँले रिमालसंगै आफु पनि आउँदै गरेको गाडीलाई ट्रकले ठक्कर दिएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस