२०८१ असोज १८ गते शुक्रवार

ज्योतिपुञ्जले मनायो, २३ औँ स्थापना दिवस


दाङ, ११ माघ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आज बिहिबार एक कार्यक्रमको आयोजना गरी आफ्नोे २३ औ स्थापना दिवस मनाएको छ । २०५७ सालमा स्थापित ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले हरेक बर्ष माघ ११ गतेका दिन आफ्नो स्थापना दिवस मनाउने परम्परालाई निरन्तरता दिंदै स्थापना दिवस मनाएको हो ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको सभापतित्वमा भएको कार्यक्रममा गत शैक्षिक बर्षमा कक्षा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार बितरण गरिएको छ । यसैगरी विद्यालयको २३ औं बार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेदकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाणपत्र, मेडल र पुरस्कार प्रदान गरिएको थियो ।


विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सञ्चालक समिति सदस्य माधव खनाल, विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु नारायणप्रसाद शर्मा र शिवा भण्डारी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । स्थापना दिवसका अवसरमा सामाजिक कार्यमा लगाउने गरी स्वच्छिक अनुदान कोषको शुभारम्भ गर्नुका साथै विद्यार्थीहरुलाई मिठाई बितरण गरिएको थियो ।


कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न गीत, गजल, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका कोर्डिनेटर तुल्सीप्रसाद शर्माले गर्नु भएको थियो । विद्यालयले पर्सि शनिवार माघ १३ गते एक भब्य कार्यक्रमको आयोजना गरी आफ्नो बार्षिकोत्सव समापन समारोह गर्ने तयारी गरेको विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस