२०८२ बैशाख ६ गते शनिवार

तुलसीपुरमा किशोर-किशोरीलाई नेतृत्व विकास तालिम


तुलसीपुर,११ माघ । तुलसीपुरमा किशोर किशोरीका लागि ३ दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम शुरू भएको छ ।

तुलसीपुर नगर स्तरीय युवा सञ्जालको आयोजना तथा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ को समन्वयमा बुधवारदेखि तुलसीपुर-७ मा शुरू भएको हो ।

नगर बाल संजालका अध्यक्ष शिशिर गिरिको अध्यक्षता तथा वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसिको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरीएको हो ।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष जिसिले बालबालिका भविष्यका खम्बा रहेकाले उनिहरूलाई समय-समयमा क्षमता विकास सम्बन्धि तालिम दिन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष जिसिले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न बालबालिकाहरूलाई सुझाव समेत दिनुभयो ।

कार्यक्रममा वडा सदस्यहरू मान बहादुर राना,शोभाराम भण्डारी,दिवानी चौधरी,डिला विश्वकर्मा लगाएत सम्पुणर् वडा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

साहायता केन्द्र नेपालका कोषाध्यक्ष दुबिसरा वलिको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन ओद बहादुर भण्डारी (गणेश) ले गर्नुभएको थियो ।

३ दिनसम्म सञ्चालन हुने तालिमको प्रशिक्षकहरूमा बाबुराम न्यौपाने,बिमल केसी,सुशील बस्नेत,निर्मल नेपाली,शुभम देवकोटा र गणेश भण्डारी रहनुभएको छ ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस