२०८१ चैत्र ६ गते बुधवार

यसकारण बन्यो कपुरकोट गाउँपालिका उत्कृष्ट (कुन पालिकाको कति ? )

सल्यान, १० माघ । सल्यानको कपुरकोट गाउँपालिका कार्य सम्पादन मूल्यांकनमा कणर्ाली प्रदेशमै उत्कृष्ट बनेको छ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा कणर्ाली प्रदेशमा उत्कृष्ट बनेको कपुरकोट गाउँपालिका नेपालमै दोस्रो भएको हो ।

आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म सार्वजनिक गरेको नतिजामा कपुरकोट गाउँपालिका ९७ अंक प्राप्त गरेर प्रदेशमा उत्कृष्ट र नेपालमा दोस्रो बनेको हो ।

कपुरकोटले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा २७ दशमल ५, लेखाङ्कन तथा प्रतिवेदनमा १७, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १६ र राजस्व व्यवस्थापनमा १५ दशमलव ५ अङ्क प्राप्त गरेको छ ।

यस्तै स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा पनि कपुरकोट सल्यानमा प्रथम भएको छ । पालिकाले स्वमूल्यांकनमा ८८ दशमलव २५ अंक प्राप्त गरेको छ ।

संस्थागत क्षमता मूल्यांकनमा बैठक बस्ने तारिका, गरिने निणर्य, विषयगत शाखा संचालन, अरुसंगको समन्वय, संचरनाको अवस्था, जनशक्तिको व्यवस्थापन, दरबन्दी विवरण, बेरुजुको अवस्था, जनप्रनिनिधिको सेवा सुविधा, चालु खर्च अनुशासन, निणर्य सार्वजनिक भए/नभएको अवस्था, सार्वजनिक सुनुवाई आदि कुरामा मूल्यांकन गर्ने गरिएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले विभिन्न सुचकहरु पुरा गरि संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पहिलो हुन सफल भएको बताउनुभयो ।

उहाँले कर्मचारी एक्लैले भन्दा पनि जनप्रतिनिधिको साथ र सहयोगबाट पालिकाको नतिजा राम्रो देखिएको बताउनुभयो ।

गाउँपालिकाले तयार गरेको स्पष्ट नीति कार्यक्रम, सशासन गर्न गरिएका अभ्यास कार्यान्वयनमा कर्मचारी र जनप्रतिनिधिले गरेको कसरतले सफलता प्राप्त गरेको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो ।

मन्त्रालयले संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन जिल्ला समन्वय समितिमार्फत गर्ने गरेको छ । जिल्ला समन्वय समिति सल्यानले अवलोकन तथा निरिक्षण गरिसकेको छ ।

समितिले गत आइतबार नै पालिकाले पेश गरेका डकुमेन्टको अध्ययन अवलोकन गरिसकेको निमित्त जिल्ला समन्वय अधिकारी निम बहादुर वलीले बताउनुभयो । ‘हामीले अवलोकन तथा निरिक्षण गर्दा कपुरकोटको डकुमेन्ट सहि भएको पाएका छौँ, यो प्रारम्भिक नतिजा हो , केन्द्रबाट अन्तिमरुप दिन बाँकी छ ।’ उहाँले भन्नुभयो-‘कपुरकोट गाउँपालिका आन्तरिक मूल्यांकनमा पनि जिल्लामा प्रथम भएको थियो ।’
उहाँले मन्त्रालयले अन्तिमरुप दिन बाँकी रहेको बताउनुभयो ।

मन्त्रालयले हरेक वर्ष विभिन्न सुचकमा रहेर मूल्यांकन गर्ने गरेको छ । कार्य सम्पादनका आधारमा नेपाल सरकारले स्थानीय तहलाई समानिकरण अनुदान दिने गरेको छ ।

गतवर्ष राम्रो अंक ल्याउने कपुरकोटसहित कालिमाटी र सिद्धकुमाखलाई ७५ लाख बराबरको नवप्रवद्र्धनमा आधारित स्थानीय विकास कार्यक्रम प्राप्त गरेका छन् ।

सल्यानमा कुन पालिकाको कति अंक विवरणसहित :

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस