२०८१ चैत्र ८ गते शुक्रवार

तुलसीपुर मेट्रो कलेज प्राविधिक शिक्षाको केन्द्र : पाण्डे

तुलसीपुर,८ माघ । तुलसीपुर बहुप्राविधिक शिक्षालय तुलसीपुर मेट्रो कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले तुलसीपुर मेट्रो कलेजलाई युनिभर्सिटीका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । कलेजको चौथो वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले प्राविधिक शिक्षाको केन्द्र तुलसीपुर मेट्रो कलेज बन्ने बताउनुभयो ।

तुलसीपुरका उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख समेत रहनुभएका पाण्डेले शिक्षाका लागि आफुले भोगेका सास्ती अब अरूले नपाउन भन्ने उदेश्यका साथ तुलसीपुर मेट्रो कलेजको परिकल्पना गरिएको बताउनुभयो । साझा संकल्प बन्न सकेपछि मेट्रो युनिभर्सिटी बनाउन सकिने उहाँको भनाइ छ ।

तुलसीपुर-१२ हरिपौरीमा रहेको कलेजले सोमबार विभिन्न कार्यक्रम गरी चौथो वार्षिकोत्सब मनाएको हो । शिक्षालय प्रमुख बसन्त आचार्यले अहिलेसम्म १ हजार २०१ जनाले अध्ययन गरिसकेको बताउनुभयो ।

२१ जना जनाबाट शुरू भएको कलेजले विभिन्न सात वटा संकाय पढाइरहेको उहाँले बताउनुभयो । कलेजमा ३७ जिल्लाबाट विद्यार्थीहरू पढिरहेका छन् । उहाँले करिब ४० प्रतिशत विद्यार्थीले निशुल्क पढिरहेको बताउनुभयो ।

उहाँले शुरूमा चुनौति भएपनि भरोसामा अघि बढेको उहाँको भनाइ छ । उहाँले विद्यालय विदेश पठाउने केन्द्र बनाउने भन्दापनि कर्मशिल बनाउनुपर्ने बताउनुभयो ।

कलेज २०७६ माघ ८ स्थापना भएको हो । संस्थापक संचालक सदस्य सुर्यबहादुर डाँगीले कलेज स्थापनाकालमा चुनौति देखिएपनि अहिले आफू निकै गौरभाम्बित भएको बताउनुभयो ।

बंबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री, बालरोग विशेषज्ञ किशोर खत्री, गोरखा मावि तुलसीपुरका प्रधानाध्यापक बिजय जीएम, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, बिएएलएलबि चौथो सेमेस्टरमा अध्ययनरत निराजन आचार्यले कलेजले माटो सुहाउँदो शिक्षा प्रदान गरेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष भिमप्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा चर्चित ख्यातिप्राप्त मदनकृष्ण श्रेष्ठ र यमन श्रेष्ठले विभिन्न हास्य व्यंग्यात्मक प्रस्तुति राख्नुभएको हो ।

शिक्षालय संचालक सदस्य मोतिलाल चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण प्रशासन सहायक सुधासुमन ढकालले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस