२३औँ स्थापना दिवसको अवसर पारेर शसस्त्र प्रहरी वल दाङले सिमा सुरक्षा संवेदनशीलता र शसस्त्र प्रहरीको भूमिका विषयक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्मन्न गरेको छ ।
राष्ट्र र राष्ट्रीयताका बारेमा शसस्त्र प्रहरीले सिमाक्षेत्रमा निभाएको भूमिकाका बारेमा विद्यार्थीहरुले आफ्नो कलामा प्रस्तुत गरेका थिए । युवापक्तीमा बढ्दो विदेश मोह र राष्ट्र राष्ट्रीयता प्रति कम हुदै गरेको जिम्मेवारीपनलाई विद्यालय स्तरका वालवकालिकाहरुलाई बोध गराउन शसस्त्र प्रहरीले नयाँ तरीकाले कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान, मन्दीर सरसफाई तथा आन्तरीक खेलकुद लगाएतका साताव्यापी कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने क्रममा विद्यालय तथा वालवालिका लक्षित कार्यक्रमको आयोजना गरिएको गणपति प्रहरी उपरिक्षक पुरणचन्द भट्टले बताउनुभयो ।
कार्यक्रममा गोर्खा स्कुलका छात्र विशाल अधिकारी प्रथम, सोही बिद्यलयकी छात्रा स्वस्तीका रेग्मी द्धितिय र जयन्त बोडिङ स्कुलकी छात्रा प्रेजिना रावत तृतीय भएका थिए । विजयी छात्रछात्राहरुलाई यही माघ ९ गते स्थानादिवसका अवसरका नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिनेछ ।
प्रतियोगीताको निर्णयकमा लमही शिक्षा शाखा प्रमूख अम्बिका शर्मा, शिक्षाविद जागेश्वर शर्मा घिमिरे र दामोदर पान्डे रहुनु भएको थियो ।