२०८१ बैशाख ११ गते मङ्गलवार

स्थापना दिवसमा रक्तदान


तुलसीपुर, ४ माघ । दाङ तुलसीपुरमा रहेको राइजिङ टुगेदर मिडिया प्रालि द्वारा सन्चालित सिएनटीप्रेस डटकमले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेकाे छ ।

माघ २ र ३ गते नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको भवन मा २ दिने आधारभूत पत्रकारिता तालिम सन्चालन गरे पश्चात बिहिवार (आज) रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।


पछिल्लो समय तुलसीपुर स्थित नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र तुलसीपुरमा रगत अभाव भएको कारण रक्तदान कार्यक्रम गरिएको सिएनटी प्रेसका प्रमुख तथा सम्पादक सागर सुबेदीले बताउनुभयो ‌।


तुलसीपुर उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका खेलकुद संयोजक शिवानन्द डिसीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हाे ।

रक्तदान कार्यक्रममा प्रमुख अतिथि डिसीले समाज परिवर्तनको पक्षमा काम गर्ने समाचार संस्थाले यस्ता सामाजिक कार्यका लागि पनि कार्यक्रम आयोजना गरी समाज/राष्ट्रको लागि हित हुने काम गर्नु गर्वको कुरा रहेको बताउनुभएको थियो ।


कार्यक्रममा नवराज गौतम , नवराज सुवेदी, देवेन्द्र कालाथोकी, वंशीराज शर्मा,प्रेम वली लगायतको उपस्थिती रहको थियो । दुई दिने आधारभूत पत्रकारिता तालिम सन्चालनका प्रशिक्षकहरु बसन्त पौडेल, जित सागर जि एम, मदन बिक, राकेश बस्नेत, दिपक बोहोरा, सुमन केसी,यज्ञ बहादुर बुढालाई कदर पत्र सहित सम्मान गरिएको थियो ।


२०७९ माघ ४ गते बाट सन्चालनमा आएको सिएनटी प्रेस डट आजको दिन देखि पहिलो बर्ष पार गर्दै दोस्रो बर्षमा प्रवेश गरेको हो ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस