२०८१ माघ १ गते मङ्गलवार

तुलसीपुरको सरस्वती माविमा सुनाखरी सिकाई मेला हुने

दाङ, ३ माघ । तुलसीपुरमा सुनाखरी सिकाई मेला लाग्ने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ दमारगाउँमा रहेको सरस्वती माध्यमिक विद्यालय पर्सि शुक्रबार सुनाखरी सिकाई मेला लाग्ने भएको छ ।

विद्यार्थीलाई ज्ञान सिप आदानप्रदानका लागि सिकाई मेला संचालन गर्न लागिएको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जंगविर केसीले बताउनुभयो । टिच फर नेपालको प्राविधिक सहयोगमा सरस्वती माविसहित नौ वटा सामुदायिक विद्यालय र तुलसीपुर उपमहानगरपालिकाले सिकाई मेला संचालन गर्न लागेका हुन्् ।

सिकाई मेलाको लागि आवश्यक तयारी भइरहेको प्रअ केसीले बताउनुभयो । सिकाई मेलामा तुलसीपुरका १९ वटै वडाका सामुदायिक विद्यालय र संस्थागत विद्यालयबाट विद्यार्थी सिप आदानप्रदान गर्नका लागि आउने उहाँले बताउनुभयो ।

विद्यार्थीको चौतर्फी विकासका लागि टिच फर नेपालले तुलसीपुरमा २०७६ सालदेखि सुनाखरी सिकाई मेला संचालन गरिरहेको टिचफर नेपाल दाङका व्यवस्थापक माधवप्रसाद देवकोटाले बताउनुभयो । अहिले संचालन गर्न लागेको तेस्रो मेला हुने उहाँले बताउनुभयो ।

विद्यालयले मेला संचालनका लागि आवश्यक तयारी तिब्ररुपमा पारेको सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोर्न बहादुर खड्काले बताउनुभयो । सिकाई मेलाबाट धेरै कुराको जानकारी लिन पाउन अपेक्षामा रहेको कक्षा १० मा अध्ययनरत प्रतिभा खरेलले बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस