२०८१ मङ्सिर २२ गते शनिवार

बाँकेबाट तुलसीपुर आउँदै गरेको जीप उरहरीमा दुर्घटना

दाङ, २ माघ । बाँकेको बैझापुरबाट तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको छ । मंगलबार (आज) बिहान साढे चार बजेतिर भएको दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

दुर्घटनामा एक जनालाई बढी चोट लागेको प्रहरीले जनाएको छ । तुलसीपुर-५ बस्ने वर्ष ३२ का अर्जुन शाहीको टाउकोमा गम्भिर चोट लागेको छ । दुर्घटनामा अन्य नौ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तुलसीपुर-अमिलिया सडकखण्ड अन्तर्गत तुलसीपुर-११ उरहरीमा जीप दुर्घटनामा परेको हो । बाँके बैझापुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ७०५ नम्बरको जिपको सापट फुत्किन गई रोडको दाहीनेतर्फ पल्टीएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा परी जिप चालक दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय संदिप खड्का, शान्तिनगर – ५ का १८ वर्षिय समिर चौधरी, शान्तिनगर-६ का वर्ष २२ का कृष्ण चौधरी, सोही ठाउँकै २३ वर्षिय किरण चौधरी घाईते भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा परी शान्तिनगर-६ कै १९ वर्षिय समिर चौधरी, सोही ठाउँकै २८ वर्षिय सरद जैशी, शान्तिनगर-५ का २४ वर्षिय शंकर रावत, रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय चुडामणी ओली र सल्यानको शारदा नगरपालिका वडा नम्बर ८ का २१ व्र्षिय निमलाल सेजुवाल घाइते भएको प्रहरीले जनाएको छ । डिएसपी पोखरेलका अनुसार घाईतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस