२०८१ कार्तिक २० गते मङ्गलवार

बस दुर्घटना अपडेट : मृतक र घाइतेको विवरणसहित

दाङ, २८ पुस । दाङमा बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार दुर्घटनामा परी १ महिला र ११ पुरुषको मृत्यु भएको छ । मृत्यु हुने ८ जनाको सनाखत भएको छ भने ४ जनाको सनाखत हुन बाँकी रहेको छ ।

मृतकको विवरण :

१) जि.बाँके नेपालगञ्ज बस्ने वर्ष ६० की कुसुम बस्नेत, ढाँडमा चोट अवस्था मध्यम,प्रस्तावित अस्पताल भालुवाङमा उपचार भईरहेको ।(मृत्यु २४:०० बजेको समयमा )

२) जि.मकवानपुर हेटौडा बस्ने वर्ष ३९ को सौरभ विष्ट ऐ.२३:३० मृत्यु घोषणा भईसकेको प्रस्तावित अस्पतालमा ।

३) जि.काठमाण्डौ चन्द्रागिरी न.पा. १५ बस्ने वर्ष ६५ को ताराकान्त पाण्डे लमही अस्पतालमा ऐ.२३:३० मा मृत्यु घोषणा ।

४) देश भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने वर्ष ३१ को मुने लमही अस्पताल लमही दाङमा ऐ.२३:३० मा मृत्यु घोषणा ।

५) जि.जुम्ला श्रीढुस्का ९ बस्ने बर्ष ४० को मुन बहादुर रावत ऐ. ०१:३० बजेको समयमा मृत्यु घोषणा ।

६) जि.बाँके वस्ने बर्ष ३० को रामबरण हरिजन ऐ. ०१:३० बजेको समयमा मृत्यु घोषणा ।

७) जि.रुकुम साबिक गोतामकोट गा.बि.स. ९ बस्ने वर्ष २५ को दिपक कामी ०१:३० बजेको समयमा मृत्यु घोषणा ।

८) देश भारत बिहार पुर्बि चम्पारण मलाई बस्ने वर्ष ६७ को योगेन्द्र राम जोगेन्द्र राम ०१:३० बजेको समयमा मृत्यु घोषणा ।

सनाखत हुन नसकेको मृतकहरु

९) नाम थर वतन नखुलेको वर्ष अ.३५।३६ को कालो जकेट खैरो जिन्स पाईन्ट लगाएको पुरुष ऐ. ०१:३० बजेको समयमा मृत्यु घोषणा ।

१०) नाम थर वतन नखुलेको वर्ष अ.५०।५२ को कालो कलरको जाकेट कालो कलरको कटराइज पैन्ट लगाएको पुरुष ०१:३० बजेको समयमा मृत्यु घोषणा ।

११) नामथर वतन नखुलेको वर्ष अ.२८।३० को निलो कलरको पाइन्ट खैरो कलरको हुट लगाएको दाहिने कानमा टप लगाएको पुरुष ०१:३० बजेको समयमा मृत्यु घोषणा ।

१२) नाम थर वतन नखुलेको वर्ष अ.४५ को पुरुष व्यक्तिको ऐ.२४:०० बजे प्रस्तावित अस्पताल भालुवाङ,दाङमा उपचारको क्रममा मृत्यु ।

बसमा सवारी ३६ जनामध्ये २३ जना घाईते भएका छन् । घाइते हुनेमा महिला ६ जना र १७ जना पुरुष रहेका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । यस्तै १० जनाको अवस्था मध्यम र ९ जनाको अवस्था सामान्य रहेको छ ।

घाईतेहरुको नामावली :

दाङमा उपचार भई रहेका घाईतेहरू:-

१) जिल्ला जुम्ला हिमा गा.पा.४ जर्जि बस्ने बर्ष २० को बालकृष्ण शाही दायाँ हात र खुट्टामा चोट अवस्था सामान्य (९८६५८०५१०८) राप्ती पोली क्लिनिक भालुवाङ दाङमा उपचार भईरहेको ।

२) जिल्ला बाँके कोहलपुर बस्ने वर्ष २१ को धन बहादुर पुन मगर कम्मर र खुट्टामा चोट अवस्था सामान्य,प्रस्तावित अस्पताल भालुवाङ दाङमा उपचार भईरहेको ।

बुटवल रिफर भएका घाईतेहरू:-

१) जि.काठमाण्डौ चावहिल बस्ने वर्ष ४४ को सुवास सार्की ढाँडमा चोट अवस्था मध्यम, ऐ.०१:०० बजे बुटवल रिफर

२) जिल्ला रौतहट बस्ने वर्ष २६ को संजय कार्कीको आँखामा र निधारमा चोट अवस्था मध्यम (९८४५६६०४८०) ऐ.०१:०० बजेको समयमा बुटवल रिफर ।

३) जि.जुम्ला बस्ने वर्ष १९ को विशाल बोहोरा मुखमा चोट अवस्था ऐ.०१:०० बजेको समयमा बुटवल रिफर ।

४) जि.काठमाण्डौ बस्ने बर्ष ११ की आज्ञा पाण्डे हात र खुट्टामा चोट अवस्था मध्यम, ऐ.०१:०० बजेको समयमा बुटवल रिफर ।

५) जि.काठमाण्डौ बस्ने बर्ष ३८ की मन्जु शर्मा आँखामा चोट अवस्था सामान्य , ऐ.०१:०० बजेको समयमा बुटवल रिफर ।

६) जि.काठमान्डौ लल्लुचौतारा बस्ने वर्ष २३ को सन्जु बढुवाल मुख र हातमा चोट अवस्था सिरियस, (९८४११७९१६७) ,ऐ.०१:०० बजेको समयमा बुटवल रिफर ।

७) जि.काठमाण्डौँ बस्ने वर्ष ४५ की राधा पाण्डे ढाडमा चोट अवस्था सिरियस ऐ.०१:०० बजेको समयमा बुटवल रिफर ।

मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भई रहेका घाईतेहरू:-

१) सह-चालक जि.बाँके राप्ती सोनारी गा.पा.२ बस्ने वर्ष ३१ को कुल बहादुर गोसाई कम्मर र हाँतमा चोट अवस्था मध्यम मिति २०८०।०९।२८ गते अं.०३:४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भई रहेको ।

२) जि.बाँके नेपालगञ्ज उ.म.न.पा.१९ बस्ने बस्ने वर्ष ३५ की लिला वली छाती,दुबै हातमा र ढाडमा चोट अवस्था मध्यम मिति २०८०।०९।२८ गते अं.०३:४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भई रहेको ।

३) सह-चालक जि. बाँके बैजापुर गा.पा.३ बस्ने वर्ष २१ को शंकर थारु दाहिने हातमा चोट अवस्था सामान्य मध्यम मिति २०८०।०९।२८ गते अं.०३:४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भई रहेको ।

४) देश भारत बहराईज मटेरा बस्ने वर्ष २८ को राहुल कुमार यादव दाहिने हात भाँचिएको,अवस्था मध्यम,मिति २०८०।०९।२८ गते अं.०३:४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भई रहेको ।

५) देश भारत बहराईज मटेरा बस्ने वर्ष २० की छोटी सिलौटा पत्थरकटको घाँटीमा चोट अवस्था मध्यम,मिति २०८०।०९।२८ गते अं.०३:४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भई रहेको ।

६) जि.कालिकोट माहाबै गा.पा.५ बस्ने बर्ष अं. ४५ को तिलक प्रसाद उपाध्यायको दुबै खट्टा,बायाँ हात,दाहीने आँखामा चोट अबस्था सिरियस मिति २०८०।०९।२८ गते अं.०३:४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भई रहेको ।

७) जि.बाँके नेपालगञ्ज उ.म.न.पा.१२ बस्ने वर्ष २४ को आसुतोस गौतम दाहीने हातमा चोट अवस्था सामान्य मिति २०८०।०९।२८ गते अं.०३:४५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भई रहेको ।

८) जि.बाँके डुरूवा गा.पा.१ बस्ने वर्ष २५ को मोहमद जावेद दर्जी बायाँ खुट्टामा चोट अबस्था सामान्य,मिति २०८०।०९।२८ गते ०२:५५ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार पश्चात नेपालगञ्ज बाँके रिफर भई गएको ।

९) जि.बर्दिया बस्ने वर्ष २२ को साजिव थारु दाहिने हात भाँचिएको पेटमा चोट अवस्था मध्यम (९८४८१८००२१), ऐ.०१:०० बजेको समयमा कोहलपुर बाँके रिफर ।

१०) जि.बाँके बस्ने वर्ष १८ को दशरथ बि.क.हात र खुट्टामा चोट अवस्था मध्य, ऐ.०१:०० बजेको समयमा कोहलपुर बाँके रिफर ।

११) जि.बाँके बस्ने वर्ष १९ को नफिख खान बायाँ आँखामा चोट अवस्था मध्यम,ऐ.०१:०० बजेको समयमा कोहलपुर बाँके रिफर ।

१२) जि.डोल्पा बस्ने वर्ष अ.३५ की धनकली बुढा मुखमा चोट अवस्था सामान्य , । ऐ.०१:०० बजेको समयमा कोहलपुर बाँके रिफर ।

१३) जि.बाँके बस्ने वर्ष २० को कोरीरन्जन कोरी बाँया हातमा चोट सामान्य , ऐ.०१:०० बजेको समयमा कोहलपुर बाँके रिफर ।

१४) जि.बाँके बस्ने वर्ष २० को अर्वाज नाउ दाहिने हातमा चोट अवस्था सिरियस , ऐ.०१:०० बजेको समयमा कोहलपुर बाँके रिफर ।

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस शुक्रबार राति साढे १० बजेतिर राप्ती गाउँपालिका-१ मा राप्ती नदिको पुलबाट नदीमा खसेको हो । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस