२०८१ बैशाख ११ गते मङ्गलवार

भालुबाङ बस दुर्घटना अपडेट : मृतक १२ जनामध्ये ८ जनाको सनाखत


दाङ, २८ पुस । दाङमा बस दुर्घटनामा परी मृत्यु भएका १२ जनामध्ये ८ जनाको सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार दुर्घटनामा परी बाँकेका ६० वर्षिय कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने , जुम्लाका वर्ष ४० का मुन बहादुर रावत, बाँकेका वर्ष ३० का रामबरण हरिजन, रूकुमका वर्ष २५ का दीपक कामी र भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भइसकेको छ ।

अन्य ४ जना मृतकको सनाखत हुन बाँकी छ । घाइते मध्ये केहीलाई बुटवल र नेपालगञ्ज तथा केहीलाई भालुवाङ अस्पतालमा उपचार जारी राखिएको छ । घटना लगतै पुगेको प्रहरीले पाँच जनालाई उद्दार गरि अस्पताल पठाउँदा उनीहरुको अस्पतालमै चिकित्सकले मृत्यु घोषणा गरेका थिए । पछि बसले च्यापिएको अबस्थामा ७ जनाको शव जेसीवीले निकालेको हो ।

बस शुक्रबार राति साढे १० बजेतिर बस राप्ती नदिको पुलबाट नदीमा खसेको थियो । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस पुलबाट खसेको हो । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस