२०८१ फाल्गुन १ गते बिहिवार

शैक्षिक नतिजा सुधारमा सरोकारवालाको जोड


रोल्पा, २५ पुस । नेपाल राष्ट्रिय मावि रिठाबोटले अर्धवािर्षक नतिजा सार्वजनिक गरेको छ । विद्यार्थीको नतिजा तथा पढाइ कमजोर भएकोले सुधार गर्ने उद्देश्यको साथ नतिजा सार्वजनिक गरेको हो ।

अर्धवार्षिक परिक्षा भईसक्दा समेत नतिजामा सुधार आउन नसकेकाले नतिजा सुधार गर्न सरोकारवालाबिच विद्यालयले अन्तरक्रिया कार्यक्रम समेत गरेको छ ।

विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला निकायबिच अन्तरक्रिया कार्यक्रम गरेको हो ।

जति प्रयास गर्दा समेत नतिजा शून्य तथा विद्यालयको पढाइमा सुधार हुन नसकेपछि कसरी सुधार गर्न सकिन्छ भनेर अन्तरक्रिया गरिएको हो । विद्यालयका प्रधानाध्यापक झग्गु वलीले विभिन्न प्रयास गर्दा पनि नतिजा सुधार गर्न नसकिएको बताउनुभयो । उहाँले नतिजा सुधार गर्न अभिभावक पनि ठुलो भुमिका तथा जिम्मेवारी हुने भएपनि अभिभावाक आफ्नो बालबालिकाप्रति खासै गम्भीर नदेखिएको बताउनुभयो ।

कक्षा ८ र एसइइमा नियमित उर्तीण हुने विद्यार्थीलाइ होस्टेल फि नलिने समेत उहाँले घोषणा गर्नुभयो । कार्यक्रममा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले नतिजा सुधार गर्न स्वयम विद्यार्थी अभिभावक तथा शिक्षकको भुमिका महत्वपुणर् हुने बताउनुभयो ।

उहाँले विद्यालयमा शिक्षक कति बेला आउने , विद्यार्थी कतिबेला आउने कुराको पनि ख्याल गरि अभिभावकले मेरो बच्चाबच्ची विद्यालय गयोकी गएन भनेर निगरानी गरेमा मात्र नतिजा सुधार हुने कुरा बताउनुभयो ।

उहाँले विद्यालयको प्रशासन समेत कडा भयो भने मात्र पढाइ गुणस्तर हुने कुरा समेत उल्लेख गर्नभयो । यसवर्ष देखि विद्यालयको नतिजा खस्कियो भने कारवाही र नतिजा राम्रो भयो भने हौसला दिइने उहाले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाग्दल डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण प्रअ झग्गु वलीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस