२०८१ असोज ४ गते शुक्रवार

गोर्खा मावि तुलसीपुरले मनायो १३ औँ वार्षिक उत्साव

दाङ, १७ पुस । दाङको तुलसीपुर-६ मा रहेको गोर्खा माध्यामिक विद्यालयले १३ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष डोर बहादुर जिसीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादब प्रकाश लामिछानेको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादब प्रकाश लामिछानेले पछिल्लो समयमा अभिभावकहरु विभिन्न पेशा व्यवसायमा लागेकोले आफ्नो छोराछोरीहरुलाई समय दिन नसकेको बताउनुभयो । अभिभावकले छोराछोरीलाई समय दिन नसक्दा विद्यार्थीहरुले राम्रो शिक्षा पाउन नसकिरहेको उहाँको भनाई छ । बालबालिकाहरुको पहिलो शिक्षा घर भएको हुँदा घरबाट नै राम्रो शिक्षाको वातावरण सिर्जजना गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यार्थीहरुले संस्कार सहितको शिक्षा घरबाट नै प्राप्त गर्ने हुदाँ अभिभावकहरुले संस्कार सहितको शिक्षामा जोड दिनुपर्ने उहाँले बताउनुभयो । शैक्षिक प्रमाणपत्र मात्रै ठुलो नभई अतिरिक्त क्रियाकलाप स्कुलको संस्कार र अभिभावकको सस्कार महत्वपूणर् रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै लामिछानेले गोर्खा ग्रुप दाङले गुणस्तरिय शिक्षाको लागि महत्वपूणर् भूमिका निर्वाह गरेको बताउनुभयो ।

यस्तै कार्यक्रममा तुलसीपुर ६ का अध्यक्ष भण्डारीले अहिले धेरै युवाहरु प्लस टु पास गरेर वैदेशिक रोजगारीमा जाने लहर लागेको बताउनुभयो । उहाँले यसकारण युवा जनशक्तिलाई नेपालमै रोक्नको लागि राज्यले गम्भिरमा रुपमा सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

सरकारले शिक्षामा ठुलो लगानी गरेर दक्ष जनशक्ति उत्पादन गरेपनि विद्यार्थीहरु स्वदेशमा बस्ने मनसायमा नरहेको उहाँको भनाई छ । यसले गर्दा उच्च माविका क्याम्पसहरु बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । यसतर्फ राज्य मात्रै जिम्मेवार नभएर अभिभावक र शिक्षा क्षेत्रमा काम गर्ने व्यक्तिहरु जिम्मेवार हुनु आवश्यक रहेको बताउनुभयो ।

यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष तथा सेन्टर माद्यामिक विद्यालय प्रधानाध्यापक भागवत भट्राइले शिक्षाले नै समाज परिवतैन गर्ने भएकोले शिक्षा महत्वपूणर् रहेको बताउनुभयो । उहाँले शिक्षा संगसंगै सिपको पनि आवश्यकता भएकोले सिपयुक्त शिक्षा दिनुपर्ने बताउनुभयो । कार्यक्रममा तुलसीपरका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता सहेको थियो ।

गोर्खा माद्यामिक विद्यालयका प्रधानाध्यापक बिजयमान जिएमले विद्यालयको प्रतिबेदन प्रस्तुत गर्नुभएको हो । हाल विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म २ हजार ८ सय ७७ जना विद्यार्थीले अध्ययन गरिरहेको बताउनुभयो । अहिले विद्यालयमा १ सय २४ जना शिक्षक कर्मचारी रहेको उहाँले जानकारी दिनुभयो ।

विद्यालयले कक्षा ६ देखि १२ सम्म प्रथम हुने विद्यार्थीहरुलाई सम्मान गरेको हो । गोर्खा ग्रुप दाङका एकाडेमिक कोडिनेटर दुर्गा बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण क्याम्पस प्रमुख पुणर् बिक्रम डाँगी र शिक्षक नारायण भण्डारीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस