तुलसीपुर, १४ पुस । पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङको अध्यक्षमा केशवराज सुवेदी चयन हुनुभएको छ ।
समितिको शनिबार तुलसीपुरमा भएको २५ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष आचार्य, उपाध्यक्षमा तीर्थ बहादुर डाँगी र कमल बहादुर खड्का, सचिवमा प्रेम प्रकाश डिसी, कोषाध्यक्षमा ताराप्रसाद चुडाली, सहसचिवमा अनिल पौडेल चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा रमेश शर्मा, ढुण्डीराज वली, गंगामणी डाँगी, डिल्लीराज रिजाल, सुवणर्मान चौधरी, मालता केसी, बिष्णु बहादुर अधिकारी, मानबहादुर वली र सुशील खनाल चयन हुनुभएको छ ।
यस्तै लेखा समिति संयोजकमा गणेश कुमार न्यूरे, सदस्यमा दिलिप खड्का, देवीराम पोखरेल चयन हुनुभएको छ । समितिका अध्यक्ष शंकर शर्माको अध्यक्षता एवं नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी समितिका अध्यक्ष नबनीधि पन्तको प्रमुख आतिथ्यतामा साधारणसभा तथा अधिवेशनको उद्घाटन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी पन्तले व्यवसायलाई थप परिस्कृत बनाउन पुस्तकालय र पठन संस्कृतीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जनक शिक्षा सामाग्री केन्द्रका प्रशासन विभाग प्रमुख रविन्द्र शर्मा, पुस्तक तथा स्टेशनरी व्यवसायी लुम्बिनी प्रदेशका अध्यक्ष भैरव बहादुर रावत, प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसी, एनप्याब्सन दाङका प्रवक्ता हरिप्रसाद भण्डारी , तुलसीपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष बिमल गौतम लगायतले पुस्तक तथा स्टेशनरीको व्यवसायलाई थप विश्वसनिय बनाउनुपर्ने बताउनुभयो ।