२०८१ माघ ६ गते आइतवार

पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङकाे १२ औं अधिवेशन शुरू


तुलसीपुर, १४ पुस । पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङकाे २५ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन तुलसीपुरमा शुरू भएकाे छ ।


समितिका अध्यक्ष शंकर शर्माकाे अध्यक्षता एवं नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी समितिका अध्यक्ष नबनीधि पन्तकाे प्रमुख आतिथ्यतामा साधारणसभा तथा अधिवेशनकाे उद्घाटन गरिएकाे हाे ।


कार्यक्रममा जनक शिक्षा सामाग्री केन्द्रका प्रशासन विभाग प्रमुख रविन्द्र शर्मा, पुस्तक तथा स्टेशनरी व्यवसायी लुम्बिनी प्रदेशका अध्यक्ष भैरव बहादुर रावत, प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसी, एनप्याब्सन दाङका प्रवक्ता हरिप्रसाद भण्डारी , तुलसीपुर उद्योग वाणिज्य संघका काेषाध्यक्ष बिमल गाैतम लगायतले गुणस्तरीय पाठ्यपुस्तक ल्याउनेमा विश्वस्त रहेकाे बताउनुभयो ।


अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस