२०८१ फाल्गुन १ गते बिहिवार

बालबालिकालाई किताबी ज्ञानसंगै खेलकुदमा पनि जोड्दै दाङ भ्याली मावि तुलसीपुर

तुलसीपुर, १३ पुस । दाङ भ्याली मावि तुलसीपुरले किताबी ज्ञानसंगै खेलकुदमा पनि जोड दिएको छ । विद्यालयले हरेक शुक्रबार विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्ने गरेको छ । विद्यार्थी शिक्षा संगै अरु कुरामा पनि दक्ष बनाउन विद्यालयले प्रतियोगितात्मक कार्यक्रम गर्ने गरेको छ ।

यसैबिच विद्यालयमा तातो आलु प्रतियोगिता गरिएको छ । विद्यालयको वार्षिक कार्यतालिका अनुसार शुक्रबार (आज) विद्यालयले कक्षा एलकेजीदेखि एक कक्षासम्मका साना नानीबाबुहरुलाई तातो आलु खेल खेलाएको हो ।

खेलमा सबै नानीबाबुहरु उत्साहित भएर सहभागी भएका हुन् । खेलमा कक्षा १ की ख्रीस्मा बिएम प्रथम , कक्षा एलकेजीका गणेश रोका द्वितीय र कक्षा युकेजीका सुप्रिम पाण्डे तृतीय भएका छन् ।

कार्यक्रममा विजयी विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल शीला अर्यालले प्रमाणपत्र प्रदान गर्नुभएको छ । कार्यक्रमको सहजीकरण शिक्षक रत्ना स्वणर्कारले गर्नुभएको हो । विद्यालयले हरेक शुक्रबार विभिन्न किसिमका कार्यक्रम गराउँदै आइरहेको छ ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस