२०८१ माघ ९ गते बुधवार

होलेरीमा शिक्षक र विद्यालय नर्सलाई आखाँको प्राथमिक उपचारबारे तालिम

रोल्पा, १२ पुस । होलेरीमा आखाँ सम्बन्धी आधारभुत उपचार तालिम सुरु भएको छ । बुधबारबाट सुरु भएको तालिमको पहिलो दिन रुन्टीगढी गाउँपालिकाका शिक्षक तथा विद्यालयका नर्सहरुलाई दिइएको हो ।

नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल आँखा केन्द्र लिवाङ रोल्पा र नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरी रोल्पाको आयोजना तथा द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोगमा भएको तालिममा ३४ जनाको सहभागीता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरी र तिलगंगा आखाँ उपचार केन्द्रको सहकार्य हुन लागेको करीब १२ वर्ष भई सकेको उपशाखा होलेरी सभापति लक्षिराम थापाले बताउनुभयो ।

यो बिचमा करिब ६ सय भन्दा बढी बृद्धा बृद्धको आखाँ निशुल्क उपचार, २१ हजार बढीको आखाँ चेक जाच तथा गत वर्षमा पनि गाउँपालिको आर्थिक अनुदानमा विद्यालय आखाँ कार्यक्रम संचालनमा ९ सय विद्यार्थीको आखाँ चेक जाच गरिएको र ५२ जना विद्यार्थीलाई सहुलिएत चस्मा उपल्बध गराएको उहाले बताउनुभयो । बिभिन्न बिपद तथा जोखिमहरुमा नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरी सक्रियताका साथ लाग्दै आइ रहेको छ ।

अबको केही दिनमा होलेरीमा आखाँ उपचार केन्द्र सुरु हुन लागेको हुदा यो आधारभुत तालिमले थप सहयोग पुग्ने रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले बताउनुभयो ।नेपाल रेडक्रस सोसाइती उपशाखा होलेरीका सभापति लक्षिराम थापाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा प्रमुख अथिति गाउँपालिका अध्यक्ष जनक पुन रहनु भएको थियो भने कार्यक्रमको सहजिकरण रेशम बुढाथोकीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस