रोल्पा, १० पुस । रोल्पामा ट्याक्टर दुर्घटना परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्याक्टर चालक सुनिलस्मृती गाँउपालिका वडा नम्बर ७ तेबाङका २१ वर्षका तिलक बिष्टको मृत्यु भएको हो ।
सुनिलस्मृति गाँउपालिका वडा २ खुङ्गीदेखी लुङ्ग्री गाँउपालिका ४ सानो नम्जातर्फ खर लिएर जादै गर्दा सुनिलस्मृती गाँउपालिका वडा नम्बर ३ को बर्जिबाङ भन्ने स्थानमा गएराती ८ बजेतिर रा १ त ४९७० नं. को ट्याक्टर दुर्घटनामा परेको हो ।
ट्याक्टर सडकबाट करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाका पवक्ता राम नारायण गुप्ताले जानकारी दिनुभयो । दुर्घटनापछि गम्भिर घाइते ट्याक्टर चालक बिष्टलाई ईलाका प्रहरी चौलिचौरको प्रहरी निरिक्षक सन्तोष घिमिरे नेतृत्वका खटिएको टोलिले उद्धार गरि उपचारको लागी प्राथमिक स्वास्थ्य चौकि सुलिचौर लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा परी सोहि ट्याक्टरमा सवार अर्का लुंग्री गाँउपालिका-४ सानो नम्जाका बर्ष ४२ का खर धनि लिलामणि बिष्टको गम्भिर घाइते प्रहरीले जनाएको छ । उहाँको प्राथमिक स्वास्थ्य चौकी सुलिचौर सामान्य उपचारपछि थप उपचारको लागी जिल्ला बाहिर रिफर गरिएको छ । तिब्र गतिका कारण ट्याक्टर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।