२०८१ असार ३० गते आइतवार

दाङमा ट्याक्टरको ठक्करबाट एक जना गम्भिर घाईते

तुलसीपुर, ८ पुस । दाङमा ट्याक्टरको ठक्करबाट एक जना गम्भिर घाईते भएका छन् । दङ्गीशरण-१ रहरपुर निवासी २५ वर्षका मनोज चौधरी ट्याक्टरको ठक्करबाट गम्भिर घाइते हुनुभएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार दङ्गिशरण १ को बाकीबाट बैबाङ तर्फ आउदै गरेको बालुवा लोड गरेको रा १ त १३१७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट साइकलमा आउदै गरेका चौधरलाई रहरपुर नजिकै ठक्कर दिएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइतेको कम्मर र दुबै खुट्टामा गहिरो चोट रहेको प्रहरीको भनाइ छ । ठक्कर दिएर फरार रहेका ट्याक्टर चालक दङ्गिशरण ४ बैबाङका २५ बर्षका योगेन्द्र दहितलाइ इलाका प्रहरी कार्यालय हेकुलिको टोलिले पक्राउ गरि इप्रका तुलसीपुर ल्याएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस