२०८१ बैशाख ५ गते बुधवार

जेसिबि दुर्घटनामा परी दाङका एक जनाको घटनास्थलमै मृत्यु

सल्यान, ७ पुस ।
सल्यानमा जेसिबि दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्युु भएको छ ।

दुर्घटनामा परी जेसिबि सहचालक दाङको गढवा गाउँपालिका -५ का अन्दाजी २४ वर्षिय दिपेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सल्यानले जनाएको छ ।

शनिबार बिहान करिब ७ बजेतिर बागचौर नगरपालिका -३ स्यालागैरा स्थित ग्रामीण भित्रि सडक खण्डमा तिरुपाते कन्ट्क्सनको रा १ क ८६९ नम्बरको जेसिबि आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताउनुभयो ।

जेसिबि चालक सल्यानको बागचौर नगरपालिका -२ का अन्दाजी २२ वर्षिय दिपक डाँगीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस