२०८१ माघ ८ गते मङ्गलवार

दाङ भ्यालीमा हाजिरीजवाफ प्रतियोगिता

दाङ, ६ पुस । तुलसीपुर-६ मा रहेको दाङभ्याली माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । विद्यालयमा कक्षा २ देखि ५ सम्म अध्ययनरत्त बालबालिकाको ग्रुप विभाजन गरी हाजिरीजवाफ प्रतियोगिता गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक शीला अर्यालको अध्यक्षतामा प्रतियोगिता भएको हो । प्रतियोगितामा ग्रुप ‘ई’ प्रथम, ग्रुप ‘सी’ द्वितीय र ग्रुप ‘बि’ तेस्रो भएको विद्यालयले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्र वितरण गरिएको छ ।

प्रतियोगितामा प्राविधक सहयोग सत्य चन्दको रहेको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक सपना लामीछाने गर्नुभएको हो । विद्यालयमा नर्सरीदेकक्षादेखि कक्षा १२ सम्म पठनपाठन भइरहेको छ ।

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस