२०८१ असार ३० गते आइतवार

चिया खाएर घरको छतमा घाम ताप्न गएका छबिलाल खसेर गम्भिर घाईते

दाङ, ३ पुस । दाङमा घरको छतमा घाम ताप्ने बेलामा खसेर एक जना गम्भिर घाईते भएका छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर ३ पातेटाकुराका छबिलाल केसी घरको छतबाट खसेर गम्भिर घाईते हुनुभएको हो ।

छिमेकी टोपेन्द्र बुढाको एक तले घरमा चिया खाएर छतमा घाम ताप्न गएका छबिलाल सोमबार दिउँसोतिर घरको छतबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक नबचन्द्र मल्लले जानकारी दिनुभयो ।

गम्भिर घाइते केसीलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । उहाँको टाउकोमा गम्भिर चोट लागेको छ ।

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस