२०८० फाल्गुन २२ गते मङ्गलवार

कक्षा १ का विद्यार्थी ९० वर्षिय प्रेमलालको विद्यालयले मनाईदियो जन्मदिन

तुलसीपुर, २८ मंसिर । वीरेन्द्र माध्यमिक विद्यालयले विद्यार्थी प्रेमलाल डाँगीको जन्मदिन मनाएको छ । तुलसीपुर-१ रहेको विद्यालयले विद्यार्थी प्रेमलालको ९० औं जन्मोत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलु प्रसाद न्यौपाने, प्रधानाध्यापक टोप बहादुर घर्ती, पवननगर स्वास्थ्य चौकी प्रतिनिधि खड्क पुन, विद्यालयका शिक्षक,कर्मचारी तथा विद्यार्थीहरुले प्रेमलाल डाँगीलाई विद्यालयको प्रार्थना समयमा जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रधानाध्यापक घर्तीले ९० वर्षिय प्रेमलाल डाँगी अध्ययनलाई उमेरले छेक्दैन भन्ने उदाहरणीय पात्र हुनुहुन्छ भनी प्रसंसा गर्नुभएको छ । त्यस अवसरमा डाँगीले विद्यालय आउन सक्दासम्म अध्ययनलाई निरन्तरता दिने बताउनुभयो । उहाँले विद्यालयमा सबैका माझ जन्मदिन मनाउन पाउँदा खुसि व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलु प्रसाद न्यौपानेले डाँगीलाई खादा,माला तथा टीका लगाई सम्मान गर्नुभएको हो । उहाँले अध्ययनलाई सहयोग होस भनि विद्यालयको तर्फबाट कापि र कलम प्रदान गरिएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस