२०८१ चैत्र ८ गते शुक्रवार

दाङमा ट्याक्टर पल्टिदा चार जना घाइते

दाङ, २८ मंसिर । दाङमा ट्याक्टर पल्टीदा चार जना घाईते भएका छन् । दुर्घटनामा परी घोराही ११ का ४५ वर्षकी तिला रोका, सोहि ठाउँकी ३८ वर्षिय बन्दना बिक, २० वर्षिय संगीता नेपाली र सोहि ठाउँकै २० वर्षिय शंकर नेपाली घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये तीन जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने एक जनाको नारायणपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर ११ रातामाटे चोक नजिकै अवल डाँडाबाट शिवपुर तर्फ आउदै गरेको रा १ त ४७६२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पछाडिको ट्राली पल्टीएको हो । ट्याक्टर र चालक २० वर्षिय सन्तोष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस