२०८० फाल्गुन २२ गते मङ्गलवार

ट्रक पल्टिँदा चालक र सहचालकको मृत्यु

अर्घाखाँची, २४ मंसिर ।
अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रकका चालक नवलपरासी पश्चिमको रामग्राम नगरपालिका १८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको हो

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा जेनस अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शीतगंगा नगरपालिका-८ सातमारास्थित राप्ति पुलनजिकै ना ६ ख २७३९ नम्बरको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस