२०८० फाल्गुन २१ गते सोमवार

खाना पकाउँदा आगो धोतीमा सल्कीँदा एक महिला गम्भिर घाईते

तुलसीपुर, २२ मंसिर । तुलसीपुरमा खाना पकाउने क्रममा एक महिला गम्भिर घाईते भएकी छन् । खाना पक्राउने क्रममा आगो धोतिमा सल्कीदा तुलसीपुर-७ बम्नै निवासी ६९ वर्षिय दुर्पेता जैशी गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

आगोले छाती र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

घाईते जैशीलाई तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी निरिक्षक मल्ले बताउनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस